शैली बदल्नु भनेको के हो?
शैली भनेको शब्दको छनोट, क्रियाको आदरार्थी रूप र वाक्यको ढाँचाले दिने प्रभाव हो। एउटै कुरा कार्यालयको पत्रमा र साथीलाई च्याटमा फरक ढङ्गले लेखिन्छ। यो टुलले अर्थ उही राखेर शैली बदल्छ; शैली नाप्दैन।
कुन मोड कहिले?
| मोड | कहिले | के फेरिन्छ |
|---|---|---|
| औपचारिक | निवेदन, सूचना, सरकारी पत्र | तत्सम शब्द, पूर्ण वाक्य, "गर्नुहोला" जस्ता रूप |
| कार्यालयीय | इमेल, सहकर्मी वा ग्राहकलाई सन्देश | शिष्ट तर छोटो र सोझो |
| अनौपचारिक | च्याट, सामाजिक सञ्जाल | सरल बोलीचालको रूप |
एउटै सन्देश तीन शैलीमा
- अनौपचारिक: बैठक भोलि ३ बजे सरेको छ है।
- कार्यालयीय: बैठक भोलि दिउँसो ३ बजेतिर सारिएको छ। धन्यवाद।
- औपचारिक: जानकारीका लागि, बैठक भोलि दिउँसो ३:०० बजे सारिएको व्यहोरा अनुरोध छ।
जाँच्नुपर्ने कुरा
टुललाई तपाईंको र प्राप्तकर्ताको सम्बन्ध थाहा हुँदैन। श्रीमान्, सम्माननीय, ज्यू जस्ता सम्बोधन र पदवी आफैं मिलाउनुहोस्। आदरार्थी रूपको विस्तार सम्बोधनको गाइड मा र दुई शैलीको तुलना औपचारिक र अनौपचारिक लेखन मा छ। अन्तिममा व्याकरण जाँच चलाउनुहोस्।
सीमा
एकपटकमा ६,००० क्यारेक्टर प्रशोधन हुन्छ। AI ले कहिलेकाहीँ अर्थको सूक्ष्मता बदल्न सक्छ, त्यसैले हाकिम, ग्राहक वा सरकारी निकायलाई पठाउनुअघि पढ्नुहोस्।